Logo

अर्थ

तोलामै १४०० बढ्यो सुन, मूल्य हालसम्मकै उच्च



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेकाे छ । आज सुनकाे मूल्य तोलामा १४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन तोलाको १ लाख ६६ हजार रुपैयाँ रहेको सुन आज १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २०७० रुपैयाँ रहेको चाँदी यस दिन २०८५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८१, आईतवार ११:१८   :  बजे

264
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।