काठमाडौं । आज उच्च मूल्यबाट सुनको मूल्य घटेकाे छ । सुनकाे मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुन प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा काराेबार भईरहेकाे छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा २०८५ रुपैयाँ रहेको चाँदी यस दिन २०६५ रुपैयाँमा झरेको छ ।




















प्रतिक्रिया