Logo

अर्थ

विद्युत् उपयोग गर्नेले महसुल नतिरे विद्युत् चोरीको कसुरमा कारबाही हुनसक्छ : पुन



काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सर्वसाधारण जनतालाई १८ घण्टासम्म लोडसेडिङमा राखेर २४सै घण्टा विद्युत् उपभोग गरेका उद्योगीले डेडिकेटेड र ट्रंक लाइन सेवा प्रयोग गरे बापतको विद्युत् महसुल तिर्न अटेरी गरेकामा आपत्ति जनाएका छन् ।

डेडिकेटेड र ट्रंक लाइन विवादबारे सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुनले विद्युत् प्राधिकरणको नियमावली अनुसार महसुल तिर्न अटेरी गर्ने उद्योगीलाई विद्युत् चोरीको कसुरमा कारबाही हुन सक्ने चेतावनी दिएका हुन् ।

यो विषय मन नपराउने तत्त्वले पटक–पटक प्राधिकरणलाई कमजोर र धराशायी बनाउने असफल प्रयास गर्दै आएका उनले उल्लेख गरेका छन् । “योपटक पनि त्यही प्रयासको नयाँ संस्करणका रुपमा घटनाक्रमहरु सतहमा आएका छन्,” सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।

बक्यौता महसुल तिर्ने कि नतिर्ने भन्ने विवाद नै व्यर्थ र अनुचित भएकामा उनले जोड दिएका छन् । “डेडिकेटेड र ट्रंकलाइनको विद्युत् सुविधा लिएका उद्योगीहरुले बाँकी महसुल नतिरेका कारण नेपाल विद्युत् प्राधिकरणले लाइन काटेपछि सरकारका जिम्मेवार व्यक्ति र उद्योगीहरुको प्रतिक्रियाले मलाई आश्चर्यचकित तुल्याएको छ,” उनले लेखेका छन् ।

 

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार १५:१०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।