काठमाडौं । सोमबार सेयर बजार २७.४१ अंक बढेको छ । आज नेप्से परिसूचक २६४५ मा कायम भएको छ ।
आज सबै सेक्टरका सूचक बढेका छन् । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ७३ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ३४ करोडको काराेबार भएकाे छ ।
आज २१३ कम्पनीको मूल्य बढ्दा २८ को घटेकाे छ भने २ को स्थिर रहेकाे छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीकाे ३३ करोड ७९ लाख रुपैयााको सेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको २४ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्स र दोल्ती पावरका लगानीकर्ताले कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।




















प्रतिक्रिया