Logo

अर्थ

ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनमा सम्पन्न



काठमाडौं । सवारी उत्पादक कम्पनी ओमोडा एन्ड जेइकोले इन्टरनेसनल युजर समिट (शिखर सम्मेलन) सम्पन्न गरेको छ । चीनको वुहुमा भएको उक्त समिटअन्तर्गतको लार्ज–स्केल ग्रीन च्यारिटी साइक्लिङ इभेन्टमा संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बान कि मुन समेत सहभागी भएका थिए ।

सम्मेलनमा ओमोडा एन्ड जेइकोको प्यारेन्ट कम्पनी र आईयूसीएन (इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर)बीच चेरिस नेचर नामक ग्लोबल कोअपरेसन प्रोजेक्टमा हस्ताक्षर भएको छ ।

सम्मेलनमा मुनले विश्वव्यापी नयाँ ऊर्जा क्षेत्रमा ओमोडा एन्ड जेइकोको प्यारेन्ट कम्पनीको योगदानको प्रशंसा गरे । उनले दिगो विकासको अवधारणालाई प्रवर्द्धन गर्न र वातावरण संरक्षणको जनचेतना जगाउन ग्रीन साइक्लिङ इनिसिएटिभको महत्त्वलाई जोड दिए ।

सम्मेलनमा ओमोडा एन्ड जेइको नेपालका ग्राहक तथा उपभोक्ता राजन सापकोटा र मिलन चाम्लिङ पनि सहभागी भएका थिए । ओमोडा एन्ड जेइकोले आफ्नो रणनीतिलाई उत्पादनउन्मुखबाट प्रविधिउन्मुखतर्फ सफलतापूर्वक परिवर्तन गरेको जनाएको छ ।

नेपाली बजारमा एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले ओमोडा एन्ड जेइको अटोमोबाइल्स कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता रहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार १७:४०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।