काठमाडौं । सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर २१ सय ५ रुपैयाँ कायम भईरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया