काठमाडौं । सीर्डडीबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनीको नाफा बढेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ९ करोड ७ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३ करोड रुपैयाँ थियो ।
सेवा शुल्क, ब्याज तथा अन्य आम्दानीमा आएको वृद्धिले खुद नाफा बढाएको देखिन्छ । यस्तो आम्दानी गत वर्षको पहिलो त्रैमासमा ४ करोड ९ लाख रुपैयाँ रहेकोमा यो आवको पहिलो त्रैमासमा १० करोड पुगेको छ ।
लगानी समूहमा सूचीकृत रहेको यस कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ११ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ छ ।




















प्रतिक्रिया