Logo

अर्थ

फर्स्ट माइक्रोफाइनान्सको सेयर बोनस घोषणा



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

लघुवित्तको संचालक समिति बैठकले सेयरधनीलाई ९ प्रतिशत सेयर बोनस घोषणा गरेको हो । साथै सो बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश छुट्याइएको कम्पनीले जनाएको छ ।

कुल ९.४७ प्रतिशत लाभांशस्वरुप ११ करोड ६८ लाख ८८ हजार रुपैयाँ प्रदान हुने कम्पनीले जनाएको छ । यो लाभांश आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार १२:२४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।