Logo

अर्थ

१४ अंकले घट्यो सेयर बजार, करिब ६ अर्बकाे काराेबार



काठमाडौं । यो साताका लागि अन्तिम कारोबार दिन बुधबार सेयर बजार घटेकाे छ । नेप्से १४.४३ अंकले घटेर २६७७ मा कायम भएको छ ।

तिहार अघिको अन्तिम कारोबारमा बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब १२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९५ करोडको भएकाे छ । ७५ कम्पनीको सेयर मूल्य बढ्दा १६४ को घटेकाे छ भने ५ को स्थिर रहेकाे छ । आज होटल तथा पर्यटन समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

आज सीएचडिसीको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीकाे ३४ करोड १७ लाख रुपैयााको सेयर कारोबार भएको छ । सानिमा जिआइसीको २६ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोल्टी होटलको २० करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.९० प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार १५:२१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।