Logo

अर्थ

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत



काठमाडाैं । तिहारको अवसरमै नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगमको सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटरमा एक रुपैयाँले मूल्य समायोजन गरेको हो ।

नयाँ मूल्यसूचीअनुसार काठमाण्डौ, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको मूल्य १५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, सुर्खेत र दाङमा १४९ रुपैयाँ र बाँकी क्षेत्रमा १४७.५० रुपैयाँ मूल्य कायम भएको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य भने यथावत रहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार ११:०६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।