Logo

अर्थ

साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई ब्यागमान्डुको सम्मान



काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाइ प्रियाले सम्मान गरेको छ ।

ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार भर्खरै सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई नगद २५ हजारसहित सम्मान पत्र र गिफ्ट ह्याम्परद्वारा सम्मान गरेकाे छ ।

ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा कार्यक्रमका प्रमुख अतिथि १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण पदक विजेता कराते प्रशिक्षक मन्डेकाजी श्रेष्ठले प्रीतिलाई खादा ओढाएर सम्मान गरेका थिए ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भएको थियो । नेपाललाई फाइनलसम्म पुर्याउन प्रीतिले तीन गोल गर्नुका साथै दुई गोलका लागि अवसर सिर्जना गरेकी थिइन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार १२:१९   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।