काठमाडौं । तिहारपछि सुनको मूल्य तोलामा २९०० घटेको छ ।
तिहारअघि गत बिहीबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार १०० रुपैयाँ पुगेको थियो ।
आज मंगलबार १ लाख ६८ हजार २०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य तिहारपछि तोलामा ६० रुपैयाँ घटेको छ ।
गत बिहीबार प्रतितोला २०९० रुपैयाँ रहेको चाँदी आज २०३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




















प्रतिक्रिया