काठमाडाैं । नेपाली कांग्रेसले विशुद्ध पार्टीको सांगठनिक विशेष अभियान अन्तर्गत आज काठमाडौं क्षेत्र न.२ मा बैठक बसेकाे छ ।
बैठक पार्टीको प्रतिनिधि नेपाली कांग्रेस केन्द्रीय सदस्य, पूर्व महामन्त्री, पूर्व गृहमन्त्री, राष्ट्रियसभा संसदीय दलको नेता कृष्णप्रसाद सिटौलाको प्रमुख उपस्थिति एवं काठमाडौं जिल्ला सभापती कृष्णा बानिया (सवुज )को विशेष उपस्थितिमा सम्पन्न भएको हाे ।
पार्टीको १०० दिने अभियानको प्रमुख आकर्षण रहेको बिषयमा बैठक बसेको कांग्रेसले जनाएको छ । बैठकमा १०० दिने अभियान अन्तर्गत विभिन्न बुँदाहरुको बारेमा छलफल भएको हो ।
वडा तहदेखी पार्टीलाई क्रियाशिल बनाउने, नागरिकको मुलभुत समस्या, क्रियाशिल सदस्य नविकरणको बिषयमा १०० दिने अभियान पुर्ण सकृयताको साथ सफल बनाउनुपर्ने विषयमा छलफल भएकाे कांग्रेसले जनाएको छ ।

बैठकमा संविधानसभा सदस्य दिपक कुइकेल, नगरप्रमुख उपेन्द्र कार्की, पार्टी काठमाडौं जिल्ला सचिव गोविन्द पुडासैनी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि,नगर सभापति, इकाई सभापति एवं भातृ संगठनको केन्द्रीय सदस्यहरुले आफ्नो भनाई राखेका थिए । भातृ संगठनको तर्फबाट नेपाल महिला संघ काठमाडौं क्षेत्र न.२ सभापति अमला थापा, नेपाल तरुण दल केन्द्रीय सदस्य दिपेन्द्र पोखरेल, नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य सन्तोष चौलागाईले आफ्नो धारणा राखेका थिए ।
प्रमुख उपस्थिति जनाएका पार्टीको प्रतिनिधि कृष्णप्रसाद सिटौला र विशेष उपस्थिति जनाएका काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँले पार्टीले दिएको १०० दिनको अभियानमा सम्पूर्ण तह र तप्काहरु पूर्ण क्रियाशिल भएर सफलता पूर्वक सम्पन्न गराउन निर्देशन दिएका हुन् ।




















प्रतिक्रिया