Logo

अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्पद्वारा आफू विजयी भएको घोषणा



काठमाडौं । अमेरिकी रिपब्लिकन पार्टीका राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै छन् ।

उनी श्रीमती मेलानिया ट्रम्प र चुनावी अभियानका कर्मचारीसँगै स्टेजमा पुगेका थिए । “हामी हाम्रो देशलाई ठिक पार्न मद्दत गर्नेछौँ,” ट्रम्पले भने ।

उनले भने, “यो अमेरिकी जनताको लागि ठूलो जित हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउने छ ।”

सम्बोधनका क्रममा ट्रम्पले राष्ट्रपतिमा आफ्नो जित घोषणा गरेका छन् ।

यद्यपि, यसको औपचारिक घोषणा भने भइसकेको छैन ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार १४:०६   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।