Logo

प्रमुख समाचार

एमालेबाट काठमाडौं-१६ को अध्यक्षमा तुलाधर उम्मेदवार



काठमाडौं । नेकपा (एमाले) ले मंसिर १६ गते हुने उपनिर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने भएको छ ।

एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाले तुलाधरलाई वडाध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको सेतोपाटीलाई जानकारी दिए ।

२०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा तुलाधर एमालेबाट उम्मेदवार भई नेपाली कांग्रेसका उम्मेदवार मुकुन्द रिजालसँग पराजित भएका थिए ।

रिजाल चार हजार १९ मतसहित विजयी हुँदा तुलाधरले तीन हजार तीन सय १० मत ल्याएका थिए ।

वडाध्यक्ष रिजालको २०८० भदौमा निधन भएपछि वडाध्यक्ष पद रिक्त छ । तुलाधरले एमाले काठमाडौं महानगर कमिटीमा रहेर पनि काम गरिसकेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार ०७:००   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।