Logo

अर्थ

कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट



काठमाडाैं । कामना सेवा विकास बैंकले धुलिखेल काभ्रेस्थित दुषित थानी हिमालयन रिसोर्टसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा, देवाराना वेल्नेस स्पामा तथा स्विमङ पुल, ज्याकुजी, स्टीम र साउनामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभलिने बैंकले विश्वास लिएको छ ।

उक्त छुटसम्बन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरि प्रसाद लम्साल र रिर्सोटका होटल म्यानेजर अनिरुध चौधरीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार १०:४७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।