Logo

प्रमुख समाचार

फोर्स गाडी दुर्घटनामा तीन जनाको मृत्यु



सुर्खेत । सुर्खेत–दैलेखको सिमानामा भएको फोर्स गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो देउती नागरिकको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी सुर्खेत-दैलेख सीमास्थित वीरेन्द्रनगर–१४, को रातानाङ्ग्ला नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

१३ जना घाइते भएका छन् ।

घाइतेलाई कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ भने थप विवरण आउन बाँकी नै रहेको उनले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार १६:०७   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।