Logo

अर्थ

सेफ्स एसोसिएसनद्वारा पैँचो पसल सम्मानित



काठमाडौं । पहाडी ग्रामीण क्षेत्रमा उत्पादन हुने कृषि उपजलाई सहरसम्म पुर्‍याइरहेको कम्पनी पैँचो पसललाई सेफ्स एसोसिएसन अफ नेपालले सम्मान गरेको छ ।

सेफ्स एसोसिएसन अफ नेपालको २९औँ वार्षिक साधारण सभाको अवसरमा आयोजित ‘नेपाली मौलिक खानाको प्रदर्शन’ कार्यक्रममा पैँचो पसल सम्मानित भएको हो ।

‘बसे पनि सहर गाउँकै खाने रहर’ भन्ने अभियानका साथ गुल्मीको रुरुको बलेटक्सारमा पैँचोको प्रशोधन केन्द्र रहेको छ । पैँचो पसलले नेपाली तारे होटलदेखि रेस्टुरेन्टको लागि आवश्यक कृषि उपजबाट बन्ने केचप, जामदेखि अचार, गुन्द्रक, कोदोको पिठो लगायत सामग्री प्रशोधन गरेर आपूर्ति गर्दै आएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार १७:२६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।