Logo

प्रमुख समाचार

सभापति देउवा गृहजिल्ला डडेल्धुरा जाँदै, यस्तो छ १ हप्ते कार्यक्रम तालिका



डडेल्धुरा । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा जाने भएका छन् । काँग्रेस सुदूरपश्चिमका अनुसार २५ गते विहान कैलालीको धनगढी पुग्ने देउवा सोही दिन डडेल्धुरा जाने कार्यक्रम छ ।

नेपाली कांग्रेस डडेल्धुराका सभापती भिमवहादुर साउदले देउवा विभिन्न देवीदेउताको जात्रामा सहभागी हुने कार्यक्रम रहेकाे जानकारी दिए ।

साउदका अनुसार चौलोले प्रख्यात बडाल जात, उग्रतारा मेला लगायतमा देउवा सहभागी हुनेछन् । यस्तै जोगबुढा र आलितालमा हुने कार्यकर्ता भेटघाट कार्यक्रमलाई पनि देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।

सभापती देउवा मंसिर २ गतेसम्म डडेल्धुरा बस्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार ०८:०९   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।