काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आइतबार चाँदीको मूल्य तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया