Logo

अर्थ

अरुण भ्याली हाइड्रोपावरको नाफामा आकर्षक वृद्धि



काठमाडौं । अरुणभ्याली हाइड्रोपावर कम्पनीको नाफा ८.२ गुणा बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ११ करोड ३२ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा १ करोड ३८ लाख रुपैयाँ थियो ।

कम्पनीको बिक्री आम्दानी पहिले १ करोड ३२ लाख रुपैयाँ रहेकोमा अहिले ७ करोड ७४ लाख रुपैयाँ छ ।

बिक्री आम्दानी बढ्नु र वित्तीय लागत घट्नुले नै कम्पनीको नाफामा उच्च वृद्धि देखिन्छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२ रुपैयाँ १२ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ८३ पैसा छ ।

प्रकाशित मिति : कार्तिक २६, २०८१ सोमबार  १० : ५६ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।