Logo

अर्थ

आजदेखि भैरहवामा कतार एयरलाइन्सको नियमित उडान



काठमाडौं । भैरहवा विमानस्थलमा आजदेखि कतार एयरवेजले नियमित रुपमा उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको उडान तालिकाअनुसार हप्तामा सातवटा उडान भर्न लागिएको हो ।

कतार एयरलाइन्सको विमान प्रत्येक दिन दोहाबाट दिउँसो २ः४५ बजे भैरहवा विमानस्थल आइपुग्नेछ । त्यही विमान अपराह्न ४ः४५ बजे भैरहवाबाट काठमाडौं आउनेछ । सोही दिन ६ः५५ बजे उक्त विमान काठमाडौंबाट दोहाका लागि उड्नेछ । यो तालिका नोभेम्बर ३० सम्मको लागि कायम रहने विमानस्थलले जनाएकाे छ ।

यसअघि यो विमानस्थलबाट नेपाल एयरलाइन्स, फ्लाइ दुबई, जजिरा एयर र थाई एयर एशियाले उडान सुरु गरिसकेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलवार १०:३८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।