Logo

अर्थ

ग्लोबल आईएमई लघुवित्तको नाफा १९ प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति?



काठमाडौं । ग्लोबल आईएमई लघुवित्तको नाफा १९ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ४ करोड ४ लाख रुपैयाँ छ ।

गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ३ करोड ४० लाख रुपैयाँ थियो । लोनलस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) वापत पहिले ४ करोड ६९ लाख रुपैयाँ रहेकोमा अहिले ६८ लाख मात्रै छ ।

वार्षिक प्रतिसेयर आम्दानी पहिले २१ रुपैयाँ ९८ पैसा रहेकोमा अहिले २६ रुपैयाँ १६ पैसा छ ।

कुल कर्जामा निष्क्रिय कर्जा असोज मसान्तसम्म ४.३५ प्रतिशत छ । गत वर्षको असोजमा यस्तो कर्जा ४.७६ प्रतिशत थियो । लघुवित्तको आधार दर १३.५३ प्रतिशत छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ८० पैसा छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलवार १०:४६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।