Logo

अर्थ

नेपाल एसबिआई बैंक र एईसीसीबीच सम्झौता



काठमाडौं । नेपाल एसबिआई बैंक लि. र एईसी ग्लोबल नेपाल प्रालि (एईसीसी)बीच विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरू लक्षित शैक्षिक कर्जा सहज रूपमा प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र एईसीसीका तर्फबाट निर्देशक अजित सिंहबीच आदान प्रदान भएको हो ।

यस सम्झौताले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलवार १३:२०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।