Logo

अर्थ

सेयर बजारमा ११ अंककाे गिरावट, ७ अर्ब ८५ करोडको काराेबार



काठमाडौं । मंगलबार सेयर बजार घटेकाे छ । परिसूचक नेप्से ११.२४ अंक घटेर २७४८ मा कायम भएको छ ।

परिसूचक घट्दा कारोबार रकम पनि घटेको छ । आज ७ अर्ब ८५ करोडको काराेबार भएकाे छ । ८० कम्पनीको सेयर मूल्य बढ्दा १५७ को घट्यो भने ७ को स्थिर रहेकाे छ ।

सबैभन्दा धेरै गुडविल फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २९ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । वेष्ट फाइनान्सको २९ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गराँस लघुवित्त वित्तीय संस्था र मेच्छियाम हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।  यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.३६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलवार १५:२१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।