काठमाडौं । सुनको मूल्य आज ताेलामा २२०० रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएकाे छ ।
बुधबार यो १ लाख ६२ हजार २०० रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदीको मूल्य घटेर बिहीबार १ हजार ९०५ रुपैयाँ कायम भएको हो ।




















प्रतिक्रिया