Logo

अर्थ

बढ्यो सेयर बजार, १० अर्ब ३२ करोडको कारोबार



काठमाडौं । बिहीबार सेयर बजार बढेकाे छ । परिसूचक नेप्से १३.९५ अंक बढेर २७४८ अंकमा कायम भएको छ ।

आज १० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएकाे छ ।

आज १५९ कम्पनीको सेयर मूल्य बढ्दा ७९ को घटेकाे छ भने ६ को स्थिर रहेकाे छ । आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटा बढेको छ भने ६ वटा घटेको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ३५ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३१ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त,र अपर हेवाखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.१२ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : कार्तिक २९, २०८१ बिहीबार  ३ : १९ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।