Logo

अर्थ

साना किसानको नाफा ३२ करोड १८ लाख



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाले ३२ करोड १८ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ६.७७ प्रतिशत धेरै हो । गत वर्ष यस संस्थाले ३० करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी ४.६५ प्रतिशतले घटेर ४९ करोड २४ लाख कायम भएको छ । गत वर्ष उक्त आम्दानी ५१ करोड ६५ लाख रुपैयाँ थियो ।

साना किसानले ८ करोड १२ लाख रुपैयाँ बराबार इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ । चुक्ता पुँजी ३ अर्ब ८० करोड ६३ लाख ७३ हजार रुपैयाँ रहेको यसको जगेडा कोषमा ४ अर्ब रुपैयाँ छ । प्रतिसेयर आम्दानी भने ३३.८२ रुपैयाँ भएको छ । प्रतिसेयर नेटवर्थ २५७.०४ रुपैयाँ छ ।

प्रकाशित मिति : कार्तिक २९, २०८१ बिहीबार  ४ : ०२ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।