Logo

प्रमुख समाचार

दल विभाजनसम्बन्धी अध्यादेश आउनसक्ने ओलीको संकेत



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश आउनसक्ने संकेत गरेका छन् ।

बिहीबार कान्तिपुर कन्क्लेभमा संवाद गर्दै उनले अहिले दल त्यागसम्बन्धी कानुन रिक्त रहेकाले केही न केही गर्नुपर्ने आवश्यक्ता रहेको बताएका हुन् । उनले अध्यादेश नै नआउँदा पनि कांग्रेस–एमालेसँग दुई तिहाई बुहमत रहेको र राष्ट्रिय सभाले पारित नगरेपनि प्रतिनिधि सभाबाटै कानुन बनाएर देखाइदिने चेतावनी दिए ।

‘अहिले दल त्यागसम्बन्धी कानुन रिक्त छ । नियमावलीमात्रै कायम छ । नियमावलीको भरमा अहिले चल्नुपरेको छ । केही न केही त गर्नुपर्छ । अहिले गरौं या पछि । साथीहरुलाई के त्रास छ भने– अध्यादेश आउँछ ।

अध्यादेश आएन भनेपनि कानुन बनाउने हकमा नेपाली कांग्रेस र नेकपा (एमाले) सँग झण्डै दुई तिहाइको स्थिति छ । कानुन बनाउनका लागि प्रतिनिधि सभाबाट गर्न नसक्ने होईन । राष्ट्रिय सभाले अस्वीकार गर्दा पनि फेरि प्रतिनिधि सभाले त्यसमाथि विचार गरेर कानुन बनाउन सक्छ,’– उनले भने ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार ०९:०१   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।