Logo

प्रमुख समाचार

रास्वपा भरे-भोलिसम्म ज्ञापनपत्र लिएर आउँछ, फोटोसहित समाचार दिउँला : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु भरे–भोलिसम्म ज्ञापनपत्र लिएर आफूलाई भेट्न आउने बताएका छन् ।  बिहीबार  कान्तिपुर कन्क्लेभमा बोल्दै उनले आफूले कसैप्रति पनि राजनीतिक पूर्वाग्रह राख्ने नगरेको बताए ।

रास्वपाका सभापति रवि लामिछाने न्यूज २४ मा रहँदा आफूलाई बालकोटमै गएर आक्रमण गर्न भनी युवाहरुलाई उक्साएको आरोप लागउँदै उनले लामिछाने पक्राउ गरेको विषयलाई लिएर रास्वपाका नेताहरु ज्ञापनपत्र लिएर आउन लागेको बताए ।

लामिछानेले एकपल्ट ‘जनतालाई दुःख दिनुपर्यो, केपी ओली बालकोटमा बस्छ नि । बाटोमा हिँड्दाहिँड्दै ढ्ङ्गाले किच्याएर मार न सक्छौं भने’ भनेर टेलिभिजनबाट बोलेको उनले स्मरण गरे । ‘बालकोट भास्छासम्मै पुगे नि’ भन्ने प्रश्नमा उनले भने, ‘पुगे । म त क्षमाशील छु मान्छे । आग्रह हेर्दिनँ । त्यही रास्वपा भरेभोलिसम्ममा फेरि ज्ञापनपत्र लिएर आइपुग्छ । तपाईँहरुलाई न्यूज दिउँला, फोटोसहित ।’

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार ०९:५०   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।