Logo

अर्थ

१४ प्रतिशत घट्यो नेपाल टेलिकमको नाफा, प्रतिसेयर आम्दानी कति?



काठमाडौं । नेपाल टेलिकमको खुद नाफा १४.२ प्रतिशतले घटेको छ । टेलिकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ ।

नाफा गत आर्थिक वर्षको साेही अवधिमा २ अर्ब २ करोड ७४ लाख रुपैयाँ थियो ।

वित्तीय आम्दानी पहिले १ अर्ब ७५ करोड रहेकोमा अहिले १ अर्ब १७ करोड छ । कम्पनीको बिक्री आम्दानी पहिले ८ अर्ब ५८ करोड रुपैयाँ रहेकोमा अहिले ८ अर्ब ६८ करोड छ ।

पहिले वार्षिक प्रतिसेयर आम्दानी ४५ रुपैयाँ रहेकोमा अहिले ३८ रुपैयाँ ६६ पैसामा झरेको छ । कम्पनीको जगेडा कोषमा ७८ अर्ब ३१ करोड रुपैयाँ सञ्चित छ । प्रतिसेयर नेटवर्थ ५३५ रुपैयाँ छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार १०:४३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।