Logo

अर्थ

विद्युत् बिक्री आम्दानी घट्दा पनि माथिल्लो तामाकोशी ६३ करोड नाफामा



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले गत आर्थिक वर्ष असार मसान्तसम्म २ अर्ब ५६ करोड रुपैयाँ नोक्सानी ब्यहोरेको थियो । त्यस्तै गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब नाफा कमाएको थियो ।

कम्पनीको विद्युत् बिक्री आम्दानी घटेको छ । यस्तो आम्दानी गत आवको पहिलो त्रैमासमा ३ अर्ब ७१ करोड रुपैयाँ रहेकोमा चालु आवको पहिलो त्रैमासमा २ अर्ब ९३ करोड छ । ४५६ मेगावाटको आयोजनामा गत असोजको बाढीले असर पारेपछि विद्युत् उत्पादनमा आएको अवरोधले आम्दानी घटेको हो ।

वार्षिक प्रतिसेयर आम्दानी २ रुपैयाँ ९८ पैसा छ । प्रतिसेयर नेटवर्थ जम्मा ६० रुपैयाँ ४२ पैसा छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार ११:०५   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।