Logo

अर्थ

नेपाल एसबिआई बैंकको पूरानो नगद लाभांश लिन सेयरधनीलाई आग्रह



काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले शेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट पारित नगद लाभांश लिन आग्रह गरेको छ । बैंकले २०७६ मंसिर २९ गते सम्पन्न २६औं वार्षिक साधारणसभाबाट पारित १०.८४ प्रतिशत नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।

बैंकले शेयरधनीहरूलाई लाभांश प्राप्त गर्न डिम्याट खातामा बैंक खाता विवरण अद्यावधिक गर्न पनि भनेको छ । यसका लागि शेयरधनीले एक महीनाभित्र आफ्नो बैंक खाता नम्बर, नागरिकता र अन्य आवश्यक कागजातहरू तयार गरी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा सम्पर्क गर्नु पर्नेछ ।

अन्यथा सो लाभांश रकम “कम्पनी ऐन २०६३“ को दफा १८२ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आईतवार १२:५३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।