काठमाडौं । आइतबार सेयर बजार सामान्य अंकले बढेकाे छ । आज परिसूचक नेप्से ४.९८ अंक बढेर २७५३ अंकमा कायम भएको छ ।
आज ११ अर्ब ७२ करोडको कारोबार भएको छ ।
आज १४५ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ६ को स्थिर रहेकाे छ ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ४५ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको ४१ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै समृद्धि फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया