काठमाडौं । देशबाट हुने आयात-निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को प्रथम त्रैमासिक ( साउन-असोज) सम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।
आवको तीन महिनामा कूल वस्तु निर्यात ६.१ प्रतिशतले घटी ३८ अर्ब ३८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २.३ प्रतिशतले कमी आएको थियो ।
गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यात क्रमश : ५.३ प्रतिशत, २४.८ प्रतिशत र ६.६ प्रतिशतले कमी आएको हो । वस्तुगत आधारमा सोयाविन तेल, चिया, पार्टिकल बोर्ड, जुत्ता तथा चप्पल, पिनालगायतका वस्तुको निर्यात बढेको छ भने जिंक सिट, पाम तेल, अलैची, जुस र तयारी पोशाकलगायतका वस्तुको निर्यात घटेको छ ।




















प्रतिक्रिया