Logo

अर्थ

तीन दिनमा ३ हजारले बढ्यो सुन, आज कतिमा हुँदैछ काराेबार?



काठमाडौं । लगातार तीन दिन उकालो लागिरहेको सुनको मूल्य प्रतितोला १ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।

आज सुनकाे मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यसअघि आइतबार प्रतितोला १ लाख ६० हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । सोमबार १ लाख ६१ हजार, मंगलबार १ लाख ६२ हजार १ सयमा सुन कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेकाे छ । अघिल्लो दिन १९५५ रुपैयाँ रहेको चाँदी यस दिन १९५० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार ११:३४   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।