Logo

अर्थ

सिटिजन्स बैंक इन्टरनेसनल र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी सम्बन्धी सम्झौता



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

बैंकका ‘नेपाल पे’ मर्चेन्टका क्यूआरमा अलिपे प्लसको नेटवर्कमा अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी सम्झौता भएको एनसीएचएलले जनाएको छ ।

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

सम्झौता अनुसार नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका इन्टरअपरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने जनाइएको छ ।

चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्वीडेन, इटली लगायत देशबाट नेपाल आएका पर्यटकले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसका इन्टरअपरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

अलिपे प्लसको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढी इस्युइङ उपकरण, ३ सयभन्दा बढी अक्वाइरिङ नेटवर्क, ९ करोडभन्दा बढी ग्लोबल मर्चेन्ट आबद्ध रहेका छन् ।

अलिपे प्लसको नेटवर्कमा अलि पे चाइना, ओसीबीसी, चङ्गीपे, जीक्यास, अलिपेएचके, हाइपे, काकाओपे, टसपे, नभरपे, टीएनजीडी, पीबीबी, ट्रुमनी, एमपे, टिनाबा मार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार १०:२२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।