Logo

अर्थ

ग्लोबल आइएमई र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडाैं । ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि मंसिर ८ गते बुक क्लोज गर्दैछन् ।

यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

ग्लोबल आइएमई बैंकले गत आवका लागि चुक्तापूँजीको ५.५० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।

यस्तै प्राइम कमर्सियल बैंकले पनि गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार १२:२८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।