काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले बीच ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को विषयमा सहमति जुट्न नसके परराष्ट्रमन्त्री आरजु राणा देउवा जापानबाट सिधै चीन जाने योजना बदलिने भएको छ ।
पूर्वनिर्धारित योजनाअनुसार नोभेम्बर २९ मा (१४ मंसिर) जापानबाट चीन पुग्ने तय भएको थियो । स्वास्थ्य उपचारका लागि परराष्ट्रमन्त्री आगामी सोमबार जापान जाने निश्चित भएको छ । ‘२५ तारिख जापान जानुहुन्छ। २६ र २७ का लागि डाक्टरले समय दिएको छ’ परराष्ट्र स्रोतले भन्यो, ‘२९ तारिख जापानबाट सिधै बेइजिङ पुग्ने कार्यतालिका बनेको थियो।’
सत्ताको नेतृत्व गरिरहेको एमाले बीआरआई कार्यान्वयन योजनामा सहमति गर्ने पक्षमा देखिएको छ । तर, नेपाली कांग्रेस बीआरआईलाई अनुदान वा सहयोगका रूपमा मात्रै स्वीकार्ने पक्षमा छ । दुई दलबीच सहमति बन्न सकेको छैन ।




















प्रतिक्रिया