काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र व्यापारी (स्टक डिलर)का रुपमा कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ । नेप्सेले बिहीबार धितोपत्र व्यापारीका लागि कारोबार योग्य ११२ कम्पनीको नाम सार्वजनिक गरेको हो ।
नेप्सेकाअनुसार स्टक डिलरका रुपमा कारोबारका लागि योग्य कम्पनीहरुमा १९ वटा वाणिज्य बैंक, ९ वटा विकास बैंक, ५ वटा फाइनान्स कम्पनी रहेका छन् ।
यस्तै २६ वटा लघुवित्त संस्था, २५ वटा जलविद्युत कम्पनी, ७ वटा जीवन बिमा कम्पनी, ११ वटा निर्जीवन बिमा कम्पनी, ६ वटा लगानी समूहका कम्पनी, २ वटा उत्पादन समूहका कम्पनी र २ वटा अन्य समूहका कम्पनी रहेका छन् ।




















प्रतिक्रिया