काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक ३१.३१ अंक घटेर २६८० मा कायम भएको छ ।
त्यस्तै आज ८ अर्ब २५ करोडको काराेबार भएकाे छ । कुल ४३ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ४ को स्थिर रहेकाे छ ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २५ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २३ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्रि स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया