Logo

अर्थ

ताेलामा १५ सय बढ्यो सुन, पाँच दिनमा साढे ५ हजार महँगियो



काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा १५०० रुपैयाँ बढेको छ ।

आज सुनकाे मूल्य प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन १ लाख ६४ हजार रुपैयाँ थियो ।

पाँच दिनमा सुन तोलामा साढे ५ हजार महँगिएको छ । गत आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी आज १९४० रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार ११:२६   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।