Logo

अर्थ

एनपीएलको सहप्रायोजकमा ओमोडा एन्ड जेइकु



काठमाडौं । ओमोडा एन्ड जेइकु १५ मंसिरदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सहप्रायोजक बनेको छ । एनपीएलको पहिलो संस्करणमा ओमोडा एन्ड जेइकु सहप्रायोजकको रूपमा रहने विषयमा नेपाल क्रिकेट संघ र ओमोडा एन्ड जेइकुबीच सम्झौता भएको हाे ।

एनपीएलको पहिलो संस्करणका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १५ मंसिरदेखि ६ पुसमा सञ्चालन हुनेछ ।

कार्यक्रममा एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एन्ड जेइकु र एनपीएलबीचको सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

सम्झौता कार्यक्रममा संघका सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, क्यान र एनपीएलका सदस्यहरूको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार १०:३७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।