काठमाडाैं । हाईलाइफ फुड्सले नेपाल प्रिमियर लिग (एनपीएल)को लागि लुम्बिनी लायन्ससँग जर्सीमा सहकार्य गरेको छ । क्रिकेटको उत्साह र स्वस्थ जीवनशैली भन्ने मूल नारासहित यो कम्पनीले लुम्बिनी लायन्सप्रति समर्थन जनाउँदै सहकार्य गरेको हो ।
क्रिकेटमार्फत सम्पूर्ण युवाहरुलाई फिटनेश र टिमवर्कप्रति जागरुक गराउनुका साथै उक्त टिमलाई समर्थन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटलाई अघि बढाउन सम्झौता गरिएको कम्पनीले जनाएको छ । हाई लाइफका विभिन्न खाद्य वस्तुहरुमार्फत नेपाली पुस्ता र हरेक क्षेत्रका समुदायहरुलाई जोड्न समेत यस कम्पनीको ब्राण्डहरुको विशेष भूमिका रहेको कम्पनीले उल्लेख गरेको छ ।
हाई लाइफले चिउरा, सोयाविन मस्यौरा, कर्नफ्लेक्स, ओट्स लगायतका खाद्यहरु उत्पादन तथा आयात गरि बजारीकरण समेत गर्दै आएको छ । अन्य २ कम्पनीहरुका उत्पादनहरुलाई समेत हाईलाइफको माध्यमबाट बजारीकरण गर्ने गरिएको छ ।
कम्पनीले हाल विभिन्न १५ वटा विधाका ८३ बढी खाद्य वस्तु उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गर्ने सबै खाद्यान्नहरुमा नेपालकै ९० प्रतिशत कच्चा पदार्थ प्रयोग गरी उच्च गुणस्तरको उत्पादन गरिएको र उत्पादित वस्तु नेपालका सबै सहरहरुका साथै विदेशमा हङकङ, मकाउलगायतका देशहरुमा बिक्री वितरण हुुँदै आइरहेको छ भने अष्ट्रेलिया र अमेरिकामा समेत निर्यात गर्ने प्रक्रियामा रहेको छ ।
प्रतिक्रिया