Logo

अर्थ

नबिल बैंक र लिजेन्ड प्रोपर्टीबीच सम्झौता 



काठमाडौं । नबिल बैंक र लिजेन्ड प्रोपर्टी प्रालिबीच सस्तो र सुलभ व्याजदरमा छिटो प्रक्रियाबाट ऋण दिने विषयमा दुईपक्षीय सम्झौता भएको छ ।

बिहीबार नबिल बैंक र लिजेन्ड प्रोपर्टी प्राइभेट लिमिटेडबीच सहकार्य गर्ने विषयमा सम्झदारी भएको हो । सम्झदारी पत्रमा नबिल बैंकको तर्फबाट रिटेल लेन्डिङ प्रमुख चाँदनी श्रेष्ठ र कम्पनीको तर्फबाट प्रवन्ध निर्देशक रविन राईले हस्ताक्षर गरेका छन् ।

लिजेन्ड प्रोपर्टी अन्तर्गतका जग्गा खरिद गर्दा नबिल बैंकले ग्राहकलाई सस्तो र सुलभ व्याजदरमा छिटो प्रक्रियाबाट ऋण दिने सम्झौता भएको हो ।

लिजेण्ड प्रोपर्टीका ६ वटा जग्गा विकास आयोजनाहरु सञ्चालनमा छन् । आयोजनाहरु काठमाडौं उपत्यका भित्र भक्तपुरको पलासे, सिपाडोल, चागुनारायण नगरपालिकाको कलामशे, ललितपुरको दक्षिणकाली नगरपालिका चाङ्लाखेल, काभ्रेको बालुवा र कास्कीको पोखरामा रहेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आईतवार ११:५२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।