Logo

प्रमुख समाचार

स्थानीय तह उपनिर्वाचनः बिहान साढे ११ बजेसम्म ३० प्रतिशत मतदान



काठमाडाैं । स्थानीय तह उपनिर्वाचनको मतदान देशैभरि शान्तिपूर्ण तवरमा सञ्चालन भइरहेको छ । आइतबार बिहान साढे ११ बजेसम्म ३० प्रतिशत हाराहारीमा मत खसेको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेलले जानकारी दिइन् ।

देशभरका ४१ स्थानका मतदान भइरहेको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो ।

तीन स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । उपनिर्वाचनमा १६२ मतदान स्थल, २९३ केन्द्र तोकिएका छन् ।

यो उपनिर्वाचनका लागि २ लाख २६ हजार ७ सय ९९ मतदाता छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आईतवार १२:०३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।