Logo

कोशी प्रदेश

एमालेले ओखलढुंगाको मोलुङ–५ बाट खोल्यो खाता



आइतबार भएको उपनिर्वाचन अन्तर्गत ओखलढुंगाको मोलुङ गाउँपालिकाबाट नेकपा एमालेले विजयी सुरुवात गरेको छ ।

मोलुङ गाउँपालिका–५ को वडाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार गंगा तामाङ विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका घनश्याम दाहालले १ सय ७७ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तेस्रो भएका छन् । रास्वपा उम्मेदवार विष्णु प्रसाद पोखरेलले १ सय ५१ मत ल्याएका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर सुनुवारले २३ मत ल्याएका छन् ।

उनले ३ सय ९९ मत प्राप्त गरेका छन् । यसअघि यो वडामा नेपाली कांग्रेसले जितेको थियो ।

प्रकाशित मिति : मंसिर १६, २०८१ आईतबार  ९ : ५९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।