Logo

प्रमुख समाचार

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेस विजयी



रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा नेपाली कांग्रेसका भुपमणी पुन मगर वडाध्यक्ष निर्वाचित भएका छन् ।

उनले ६४३ मत ल्याएर जित्दा एमालेका बेगम पुनले ५३५ मत ल्याए । माओवादीका नरेशजंग सिंहले ७० र राप्रपाका पहलबहादुर वलीले १० मत ल्याएका छन् ।

यो वडामा ०७९ को चुनावमा पनि कांग्रेसले नै जितेको थियो । त्यो चुनावमा कांग्रेसका टंकबहादुर पुनले ४८८ मत ल्याएर जित्दा एमालेका बेगम पुनले ४८० मत ल्याएका थिए भने माओवादीका शिवलाल रोकाले २०३ मत ल्याएका थिए ।

प्रकाशित मिति : मंसिर १६, २०८१ आईतबार  १० : ०१ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।