Logo

कोशी प्रदेश

कांग्रेसको गाउँपालिकामा माओवादीको झण्डा, शेखर कोइरालालाई झड्का



काठमाडौँ । गत निर्वाचनमा नेपाली कांग्रेसले जितेको मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नमोनारायण माझी निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न उपनिर्वाचनमा माओवादीका माझीले ६ हजार ९ सय ६९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मत प्राप्त गरे । २०७९ को स्थानीय तह निर्वाचनमा यस पालिकाको अध्यक्षमा कांग्रेस विजयी भएको थियो । कांग्रेसबाट निर्वाचित जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो ।

त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका तुलसी राम विश्वासले ४ हजार १ सय ५९ मत ल्याए । राप्रपाका दिनेशकुमार थन्दारले ५ सय ५५ मत ल्याए । समावेशी समाजवादी पार्टीका बोधनारायणी माझीले २३३, नेकपा एकीकृत समाजवादीका दिलबहादुर विश्वकर्माले १४४ मत ल्याए ।

उक्त स्थान कांग्रेसले जित्दै आएको हो भने सभापतिका आकाङ्क्षी शेखर कोइरालाको पकड क्षेत्र मानिएको सो क्षेत्रमा गठबन्धन नहुँदा पनि कांग्रेसले पराजय भोगेको छ । यसले शेखर कोइरालालाई ठुलो झड्का लागेको छ । यद्यपि यो कांग्रेसले हारेको गाउँपालिका क्षेत्र नम्बर ४ मा पर्दछ । कोइरालाले जोडिएको क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा निर्वाचन जितेका हुन् ।

प्रकाशित मिति : मंसिर १७, २०८१ सोमबार  १० : २४ बजे

2.097k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।