Logo

प्रमुख समाचार

कीर्तिपुरमा कांग्रेसलाई ५ सय मतान्‍तरको अग्रता



काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका मेयरकाे मतगणना जारी रहेको छ । नेपाली कांग्रेसका कृष्णमान डंगोलले ५ सय मतान्तरले अग्रता लिएका छन् ।

सोमबार मध्याह्नसम्म डंगोलले १८९२ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले १३७८ मत पाएका हुन् ।

उनीहरूबीच ५१४ मतको अन्तर छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जन तेस्रो स्थानमा छन् । उनले ११८८ मत प्राप्त गरेका छन् ।

चौथो र पाँचौं स्थानमा स्‍वतन्त्र उम्मेदवार छन् । चौथोमा राजमान महर्जनले ७३६ मत पाउँदा पाँचौंमा रहेका दिनेशकुमार अधिकारीले ६४२ मत प्राप्त गरेका हुन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार १२:३७   :  बजे

2.2K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।